कोरोनाभाइरसले विश्वका विभिन्न मुलुकमा अहिलेसम्म ३५ सय बढीको मृत्यु

कोरोनाभाइरसले विश्वका विभिन्न मुलुकमा अहिलेसम्म ३५ सय बढीको मृत्यु

कोरोनाभाइरस (कोभिड–१९)ले विश्वका विभिन्न मुलुकमा अहिलेसम्म ३५ सय बढीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी चीनमा रहेका छन् ।चीनमा अहिलेसम्म ३०७० जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।चीनमा शनिबार मात्रै २७ जनाको मृत्यु भएको छ भने ४१ जना नयाँ संक्रमित फेला परेको पिपुल्स डेली चाइनाले जनाएको छ ।

शनिबारमात्रै चीनमा १५४३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।चीनपछि सबैभन्दा बढी इटलीमा मृत्यु भएको छ । इटलीमा २३३ जनाको मृत्यु भइसकेको छ ।

इरानमा १४५ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा ४४ जनाको मृत्यु भएको छ ।अमेरिकामा १७, फ्रान्समा १६, स्पेनमा १०, जापानमा ६, इराकमा ४ जनाको मृत्यु भएको छ भने अष्ट्रेलिया, बेलायत र हङकङमा दुई दुईजनाको मृत्यु भएको छ ।

त्यसैगरी स्वीट्जरल्यान्डमा एकजना, नेदरल्यान्डस, थाइल्यान्ड, ताइवान, सान मारिनो र फिलिपिन्समा पनि एक एक जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्