कतार सरकारको नेपालसहित १४ देशका यात्रुमाथि अस्थायी रुपमा प्रवेशमा रोक

<span class='c1'>कतार सरकारको नेपालसहित १४ देशका</span> <span class='c2'>यात्रुमाथि अस्थायी रुपमा प्रवेशमा रोक</span>

काठमाडौं । कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका यात्रुमाथि अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।

कतार सरकारले एक सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

यसैबीच कतार एयरवेजले इटलीका लागि सबै उडान बन्द गरिसकेको छ । कतारमा १५ जना कोराना भाइरस संक्रमित भएको र जसमध्ये ३ जना आप्रवासी कामदार रहेको कतार सरकारले जनाएको छ ।

यद्यपि ती कुन देशका नागरिक हुन् भन्नेबारे खुलाइएको छैन । कतारमा झन्डै चार लाख नेपालीसहित सयभन्दा बढी मुलुकका कामदार रहेका छन् ।

कतार सरकारको यो निर्णयसँगै बैदेशिक रोजगारीमा जान ठिक्क परेका नेपालीहरु मर्कामा पर्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्