अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २१

अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २१

संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २१ पुगेको छ भने ३० वटाभन्दा बढी राज्यमा यसको संक्रमण देखिएको छ । पछिल्लो पटक ओरेगन राज्यले आइतबार राज्यमा आपत्कालको घोषणा गरेको छ ।

वासिङ्टनमा थप दुई जनाले ज्यान गुमाएका छन् । दुवै जना सियाटलको केयर सेन्टरसँग सम्बन्धित रहेका छन् ।

गत वर्षको अन्त्यमा चीनको ऊहानबाट सुरु भएको कोरोनाभाइरसबाट अमेरिकामा ५ सय जनाभन्दा बढी संक्रमित भइसकेका छन् । यस भाइरसको संक्रमणबाट विश्वभर ३ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका छन् । आइतबार भर्जिनिया र कनेक्टिकट थपिँदा अमेरिकाका ५० मध्ये आधाभन्दा राज्यमा यस भाइरसको संक्रमण फैलिएको छ ।

नेसनल इन्सिटच्युट अफ हेल्थमा संक्रामक रोग विभागका प्रमुख एन्थोनी फाउसीले अहिले नै चीन र इटालीजस्तो ठूलो संख्यामा क्वारेन्टाइनको आवश्यकता नभएको बताए । तर, त्यसलाई अहिले नै नकार्न नसकिने पनि जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्