बेलायतकी स्वास्थ्य मन्त्री तथा सांसद नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण

बेलायतकी स्वास्थ्य मन्त्री तथा सांसद नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण

बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

डोरिस कोरोना भाइरसद्वारा संक्रमित हुने पहिलो सांसद हुन् । आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको उनले जानकारी दिइन् ।

संयुक्त राज्यमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो पटक ८० वर्षका एक वृद्धको मृत्यु भएको थियो । उनको स्वास्थ्यमा यसअघि पनि विभिन्न समस्या देखिएका थिए ।

साथै एनएचएस इङ्गल्याण्डले संक्रमितको संख्या वृद्धि भइरहेको अवस्थामा संक्रमित भए नभएको परीक्षण गर्ने प्रणालीको क्षमता वृद्धि गर्ने तयारीमा भएको जानकारी दियो ।

अहिले दिनमा १५ सयको परीक्षण हुँदै आएकोमा नयाँ प्रणालीपछि दैनिक १० हजारको परीक्षण गर्न सकिने बताइएको छ ।

डोरिसले एक वक्तव्य जारी गर्दै बेलायतको सार्वजनिक स्वास्थ्य विभागले उनीसँगको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गरिरहेको र उनको विभाग र संसदीय कार्यालयले विभागको सल्लाह अनुसरण गरिरहेको जानकारी दिएकी छिन् ।

६२ वर्षे डोरिसले  नर्सको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनीसँगै बस्ने उनकी ८४ वर्षीया आमाले पनि मंगलबारदेखि खोक्न थालेपछि आफूलाई निकै चिन्ता लागेको उनले ट्वीटरमार्फत् जानकारी दिएकी छिन् ।

डोरिसले पछिल्लो समय कतिवटा बैठकमा भाग लिइन्, त्यसको कुनै जानकारी छैन ।

स्वास्थ्य विभागका अनुसार बिहिबार उनलाई पहिलो लक्षण देखिएको थियो । उनले त्यसैदिन प्रधानमन्त्रीद्वारा आयोजित एक सडक कार्यक्रममा भाग लिएकी थिइन् । त्यसको भोलिपल्ट अर्थात् शुक्रबारदेखि उनी सेल्फ आइसोलेशनमा बसेकी छिन् ।

प्रधानमन्त्री बोरिस जोनसोनले संक्रमणको परीक्षण गरे नगरेको बारे कसैले पनि जानकारी दिन चाहेनन् ।

स्वास्थ्य सचिवलगायत सबै स्वास्थ्यमन्त्रीले भाइरसको परीक्षण गर्नुपर्नेछ । डोरिससँग सम्पर्कमा रहेका अन्य अधिकारीले पनि परीक्षण गर्नुपर्ने जानकारीमा उल्लेख छ ।

स्वास्थ्य सचिव म्याट ह्यानकोकले डोरिसले घरभित्र आफूलाई सेल्फ आइसोलेसनमा राखेको भन्दै ट्वीटरमार्फत् प्रशंसा गरेका छन् भने उनको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेका छन् ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्