केरोनाबाट बच्न भन्दै रक्सी खाँदा इरानमा ३६ जनाको मृत्यु

केरोनाबाट बच्न भन्दै रक्सी खाँदा इरानमा ३६ जनाको मृत्यु

एजेन्सी । इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावटयुक्त रक्सी खाँदा ३६ जनाको मृत्यु भएको छ । २७० जनालाई अस्पतालमा भर्ना गरिएको छ । मिसावटयुक्त रक्सी खांदा कोरोनाबाट बचिन्छ भन्ने हल्लाका बीच खुजिस्तान प्रान्तको अभाज शहरमा यस्तो घटना भएको हो ।
रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको छ । यता इरानमा कोरोनाबाट एकै दिन मृत्यु हुनेको संख्या ५४ पुगेको छ । योसंग इरानमा कोरोना संक्रमणका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या २९१ पुगेको छ भने संक्रमितको संख्या ८,०४२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्