भारतमा कोरोनाबाट ७३ जना संक्रमित, ३० हजार मानिस निगरानीमा

<span class='c1'>भारतमा कोरोनाबाट ७३ जना संक्रमित,</span> <span class='c2'>३० हजार मानिस निगरानीमा</span>

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ७३ जना पुगेको छ ।

भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले संसदलाई दिएको जानकारीअनुसार कोरोनाको रोकथामका लागि केन्द्र सरकारले राज्य सरकारहरुसँग लगातार सम्पर्क गरिरहेको छ ।उनले सांसदहरुलाई समेत कोरोना संक्रमणका बारेमा जागरुकता फैलाउन आग्रह गरे ।

विदेशबाट भारतमा आउने सबै मानिसलाई थर्मल स्क्रिनिङ्ग गर्न थालिएको जानकारी दिदैँ उनले संक्रमण पत्ता लगाउन थर्मल स्क्रिनिङ्गमात्र पनि पर्याप्त भने नहुने बताए ।

उनले ३० हजार नागरिकलाई निगरानीमा राखिएको जानकारीसमेत दिए । कोरोनाको परीक्षण जुनसूकै ल्याबमा हुन नसक्ने भएकाले देशभर थप १५ वटा ल्याब स्थापना गरी नमूना परीक्षण भइरहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्