नियमित रुपमा माछाबाट बनेको तेल सेवनले मुटुजन्य रोगहरु लाग्ने सम्भावना कम हुने

नियमित रुपमा माछाबाट बनेको तेल सेवनले मुटुजन्य रोगहरु लाग्ने सम्भावना कम हुने

नियमित रुपमा माछाबाट बनेको तेल सेवनले मुटुजन्य रोगहरु लाग्ने सम्भावना कम हुने बताइएको छ ।
सदियौंदेखि माछाबाट बनेको तेललाई खुराकको रुपमा लिने गरिए पनि त्यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नसक्छ भन्ने कुरा पुष्टि भएको थिएन । नियमित रुपमा माछाबाट बनाइने खाद्यपदार्थले अल्पायुमा मृत्यु हुने र मुटुजन्य रोगहरु जस्तै मुटु दुख्ने र हृदयघातबाट बच्न सकिने हालै गरिएको एक अध्ययनले पत्ता लगाएको हो ।

बेलायतको तफ्स विश्वविद्यालयका कार्डियोभास्कुलर न्युट्रिसन लेबोरेटरीका निर्देशक र वरिष्ठ वैज्ञानिक एलिस लिचेस्टिनका अनुसार ४० वर्षदेखि ६९ वर्ष उमेरसमूहका पाँचलाख व्यक्तिहरुमा गरिएको उक्त शोध केन्द्रित रहेको थियो ।
करिब नौवर्ष लगाएर अनुसन्धान शुरु गरेदेखि चारलाख २७ हजार ६७८ महिला र पुरुषले माछाबाट बनेको तेल सेवन गरेका थिए ।
त्यसरी सेवन गर्नेहरुमा अल्पायुमा मुत्यु हुनेको १३ प्रतिशत, १६ प्रतिशतले मुटुजन्य रोगबाट मारिनेम र ७ प्रतिशतले हृदयघात र मुटु दुख्ने रोगबाट मारिने दरमा कमी भएको अनुसन्धानले देखाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्