कोरोना भाइरसको संक्रमणका कारण भारतमा पहिलो पटक एक व्यक्तिको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण भारतमा पहिलो पटक एक व्यक्तिको मृत्यु

काठमाडौं, फागुन ३०। कोरोनाभाइरसको संक्रमणका कारण भारतमा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । ७६ बर्षीय एक पुरुषको कर्नाटकको कलबुर्गीमा मंगलबार मृत्यु भएको हो ।

उनी केही समयअघि साउदी अरबबाट फर्किएका थिए । ती व्यक्तिलाई डाक्टरहरूले कोरोना संक्रमण भएको अनुमान गरे पनि स्वास्थ्य जाँचको रिपोर्ट आइसकेको थिएन ।

उनको मृत्युपछि आएको रिपोर्टले उनलाई कोरोना संक्रमण भएको देखाएको कर्नाटक राज्यका वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएका छन् ।मृतकको सम्पर्कमा आएका व्यक्तिहरू खोज्ने, आइसोलेसनमा राख्ने लगायत काम भइरहेको कर्नाटक राज्य सरकारले जनाएको छ । योबाहेक कर्नाटकमा पाँच जना संक्रमित भेटिएका छन् ।

पछिल्लो पटक संक्रमित पाइएका व्यक्ति २६ वर्षीय पुरुष हुन् जो हालै ग्रिसबाट फर्केका थिए । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्