कोरोनाबाट विश्वभर ४ हजार ७ सय ४९ जनाको मृत्यु

कोरोनाबाट विश्वभर ४ हजार ७ सय ४९ जनाको मृत्यु

काठमाडौं, फागुन ३० । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण बिहीबारसम्म १ सय २५ देशमा पुगेको छ ।

भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार १ सय ५८ जनामा संक्रमण भएको छ । तीमध्ये चार हजार ७ सय ४९ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ६८ हजार ६ सय ५४ जनाको सफल उपचार भइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

बाँकी बिरामी अवस्थामा नै रहेका ५५ हजार ६ सय ५५ जनामध्ये ५० हजार ४४ जना अर्थात् कूल ९० प्रतिशतको अवस्था सामान्य रहेको छ ।

तर पाँच हजार ७ सय ११ जना अर्थात् हाल बिरामी नै रहेका १० प्रतिशत संक्रमितको अवस्था भने गम्भीर रहेको छ ।

रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो समय संक्रमण धेरै फैलिएको इरानमा संक्रमितको संख्या १० हजार ७५ पुगेको छ ।

इरानमा हालसम्म ४सय २९ जनाको मृत्यु भएको छ भने तीन हजार २ सय ७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा संक्रमित हुनेको संख्या झण्डै तीन हजार पुगेको छ भने ८४ जनाको मृत्यु भएको छ ।

पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ ।

पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल संक्रमितको संख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् । पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको संख्या २१ पुगेको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्