भारतमा फैलियो कोरोना : मृत्यु हुनेको संख्या दुई पुग्यो, ८२ मानिस संक्रमित

<span class='c1'>भारतमा फैलियो कोरोना : मृत्यु हुनेको</span> <span class='c2'>संख्या दुई पुग्यो, ८२ मानिस संक्रमित</span>

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणका कारण फेरि १ जनाको मृत्यु भएको छ । शुक्रबार राजधानी नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगको छ ।

भारतीय स्वास्थ्य मन्त्रालय र समाचार एजेन्सी पिटिआईलाई उदृत गर्दै बीबीसीले भनेको छ, ‘मृत्यु हुने महिला ६९ वर्षकी थिइन् र उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।’ मृतक महिलाका छोरालाई समेत कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । कोरानाबाट मृत्यु हुने महिला यसअघि मधुमेह र उक्त रक्तचापको बिरामी भएको समेत बताइएको छ ।

कोरोना भाइरसको संक्रमणकै कारण शुक्रबार कर्नाटकको कलबुर्गीमा एक ७६ वर्षीय पुरुषको ज्यान गएको थियो । उनी साउदी अरबबाट भारत आएका थिए ।  भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८२ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्