इरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५ सय नाघ्यो, सङ्क्रमितको सङ्ख्या ११ हजार

इरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५ सय नाघ्यो, सङ्क्रमितको सङ्ख्या ११ हजार

एजेन्सी । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५०० नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो । बिहीबारसम्म ४२९ रहेको सो सङ्ख्या शनिबार ५०० नाघेको हो ।


यसैगरी सङ्क्रमितको सङ्ख्या ११ हजार ३६४ पुगेको छ । तीमध्ये तीन हजार ५२९ जना निको भएर घर फर्किएको छन् । कोरोनाको सम्भावना देखिएकी इरानका सर्वोच्च नेता प्रमुख सल्लाहकार अली अक्बर बेलायतीलाई आफ्नो निवासमा अलग राखिएको छ । मध्यपूर्वी देशमध्ये इरानमा कोरोनाको सङ्क्रमण सबैभन्दा बढी देखिएको छ । इरानमा मन्त्री, सांसद र स्वास्थ्य अधिकारीसहित २५ जना विशिष्ट व्यक्तिमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ ।

यसैगरी इजरायलमा १४३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने साउदी अरबमा ८६ जनामा कोरोनाको सङ्क्रमण भएको साउदी अरवका कुल बिरामीमध्ये १४ जना इजिष्ट नागरिक भएको जनाएको छ । कुवेतमा कुल १०० जना बिरामी भएका छन् । लेबनानमा थप ६ सहित कुल ७७ जनामा यो भाइरसका कारण बिरामी भएका छन् । मध्यपूर्वका अन्य देशमा पनि सङ्क्रमित छन्, तर थोरै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्