भारतको नयाँदिल्लीमा भीषण वर्षाका कारण जनजीवन प्रभावित

भारतको नयाँदिल्लीमा भीषण वर्षाका कारण जनजीवन प्रभावित

दिल्ली : भारतको नयाँदिल्लीमा भीषण वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

शनिबार दिउँसो दिल्लीको अधिकांश भागमा भारी वर्षा भएको हो । वर्षाका कारण सवारी साधन अवरुद्ध हुनुका साथै ट्राफिक जाम समेत भएको बताइएको छ । व्यस्त सडक समेत जलमग्न भएर थुप्रै सवारी साधन फसेका छन् ।

भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत वर्षा र असिना परिरहेकको भिडिओ खिचेर सार्वजनिक गरेका छन् । कविर तनेजा नामका ट्वीटर प्रयोगकर्ताका अनुसार लामो समयदेखि दिल्लीमा यति ठूलो वर्षा भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्