प्रेम देवान ,विराटनगर ।
कोभिड (१९ (कोरोना) भाइरसको संक्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशंका बढेपछि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मोरङले सरोकारवालासँग छलफल गरेको छ ।
कोरोना भाइरसको डरका कारण यतिबेला बजारमा आफुलाई चाहिने खाद्यन्न सामाग्रीको जोहो गर्न थालेका छन् । नुनदेखी पेट्रोल सम्म यतिबेला विराटनगरको बजारमा हाहाकार मच्चिने डरले यतिबेला उपभोत्ताहरु आफूलाई प्रयाप्त चाहिने सामाग्रीको जोहो गर्न थालेका हुन् ।
विराटनगरमा रहेका अधिकास पेट्रोल पम्पमा आमसर्वसाधरणको लाईन बसेका देख्न सकिन्छ भने कति पय स्थानमा भने पेट्रोल पम्पवालाहरुले पम्प नै बन्द गराएका छन् । यता खाना पकाउने ग्यास पनि बजारमा सटेज भएको भन्दै यसको बजारमा पाउनछाडेको सर्वसारणको गुनासो आउन थालेको छ । यसरी बजारमा दैनिकी खाद्यन्न बस्तुको अभाव नभएको दावी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले यहाका सरोकारवालासँग छलफल गरेको हो ।
छलफल कार्यक्रममा संघीय सरकारका वाणिज्य तथा आपुर्ति मन्त्री मोती दुगड र प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विस्वास सहितको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आँतिनु पर्ने अबस्था नरहेको स्पष्ट पार्नुभयो । सर्बसाधारण जो कोही कोरोनाको त्रासको कारण जोगबनी बोर्डर बन्द भन्ने हल्ला मात्र भएको भुजेलले बताउनुभयो । यता नेपाल आयल निगम क्षेत्रिय कार्यालयले आफूहरुसँग प्रसस्तै मात्रामा ईन्धन रहेको र आयातमा कुनै समस्या नभएको दावी गरेको । आयल निगमका निमित क्षेत्रीय प्रमुख चितरञ्जन दासले निगमसँग ९० प्रतिशत ईन्धन रहेको बताउनुभयो । निगमको तथ्यांक अनुसार ३१६ केएल पेट्रोल र ६ हजार ३ सय १० केएल डिजेल र ६ सय ३२ केएल मट्टीतेल स्टकमा रहेको दासको भनाई छ । अझै पनि यो हिसावको ४, ५ दिन सम्म पुग्ने दासले दावी गरे ।
दासका अनुसार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य ओरालो लागेको र त्यसैको आधारमा नेपालमा पनि मुल्य समायोजन हुने परम्परा अनुसार मुल्य घट्ने डरले ब्यापारीले ईन्धन हुँदा हुँदैपनि नउठाएको बताउनुभयो । पम्प संचालकले ईन्धन नलगेका कारण बजारमा अभाव सिर्जना गराईएको दासले बताउनु्भयो । त्यस्तै पछिल्लो दुई दिनमा अभावको रुपमा देखिएको ग्यासमा समेत ब्यापारीले कृत्रिम अभाव सिर्जना गरेको आरोप लागेको छ । तर आयल निगमले प्रसस्तै ग्यास रहेको जनाएको छ ।
छलफल कार्याक्रममा साल्टट्रेडिङ कार्यालय बिराटनगरका प्रमुख राधेश्याम चौधरीले ३ लाख २३ हजार १ सय ४३ बोरा नुन रहेको जानकारी दिनुभयो । सरकारले ६ महिनाको लागि स्टकमा राख्ने भनेको थियो तर त्यो भन्दा बढी १२ महिनासम्म पुग्ने गरी राखिएको चौधरीले बताउनुभयो । अहिलेकै अबस्थामा कुनै समस्या नहुने साल्टट्रेडिङले जनाएको छ ।
त्यस्तै बिराटनगरको खाद्य गोदाममा अझै १ हजार ८ सय ५८ दशमलव ८५ क्विन्टल चालम भण्डारमा रहेको खाद्यन्न व्यावस्था कार्यालय प्रमुख देवेन्द्र राईले जानकारी दिनुभयो । यस पछि विरगन्जमा रहेको ४ हजार क्विन्टल जापानिज चामल पनि आउने तयारी रहेको राईले बताउनुभयो ।
तर कार्याक्रममा ग्यास विक्रेता संघ मोरङका अध्यक्ष सरलराज पोखरेलले भने बजारमा ग्यासको अभाव देखिनुको कारणबारे खुलेर आफ्नो धारण राखे । अहिले हरेक परिवार ३ देखी ६ वटा सम्म ग्यासका सिलिण्डर राखेका कारण ग्यासको आपुर्ति पुर्याउन नसकेको बताउनुभयो । खाना पकाउने ग्यासलाई कार्ड सिस्टम प्रर्णालीमा जान सके ग्यासको सहज विक्रि वितरण गर्न सकिने पोखरेलले बताउनुभयो ।
प्रदेशको उद्योग पर्याटन वन तथा वातावरण राज्यमन्त्री विजय विस्वासले कोरोना भाइरस रोकथामको लागी प्रदेश सरकारले स्थानिय तहसँग मिलेर काम गरिरहेका जानकारी दिनुभयो । प्रदेशका ३ वटा जिल्लाका एयरर्पोटहरुमा कोरोना भाइरसको चेकजाँचको लागी हेल्थ डेक्स समेत राखेर काम गरिरहेको बताउनुभयो । त्यसैगरी यहाँका हस्पिटलहरुमा पनि प्रदेश सरकारले आइसोलेसन वार्डको तयारीका लागी निर्देशन दिइसकेको मन्त्री विस्वारले उल्लेख गर्नुभयो ।
संघीय सरकारका वाणिज्य तथा आपुर्ति मन्त्री मोती दुगडले चाईनामा देखा परेको कोरोना भाइरसको डे वान देखी राज्य सरकार सर्तक भएर काम गरिरहेका उल्लेख गर्नुभयो । कोरोना भाइरस संक्रमण अन्य मुलुकबाट सर्न नदिनको लागी सरकारले पर्यटन बर्ष २०२० पनि हाललाई स्थगित गरिएको बताउनुभयो । यसै विच विदेशमा रहेका नेपालीलाईहरुलाई पनि यसबारे सचेत गराईरहेका मन्त्री दुगडको भनाई छ ।,
उपभोक्तालाई अप्ठेरोमा पर्नेगरी ब्यापारीलाई नलाग्न निर्देशन दिनुभयो । राष्ट्र र जनतालाई सर्बोपरी ठानेर जनताको हितमा सबै लाग्नु पर्ने मन्त्री दुडकले बताउनुभयो । डे वान देखी सर्तक भएको बताउनुभयो भयाभह हुन सक्ने डरले पुर्ण तयारी रहेको बताउनुभयो ।