२८ चैत्र २०७६, शुक्रबार

कोरोना भाइरसबाट मंगलबार बिहानसम्म ज्यान गुमाउनेको संख्या सातहजार १७१ जना

काठमाडौं । कोरोना भाइरसले मंगलबार बिहानसम्म सातहजार १७१ जनाको ज्यान लिएको छ ।

चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसले अहिलेसम्म सात हजार १७१ जनाको ज्यान लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेसम्म १ लाख ८२ हजार ६०९ जनामा कोरोना संक्रमण देखिएको छ ।जसमध्ये ७९ हजार ८८३ जना उपचारपछि फिर्ता भइसकेका छन् ।

अहिलेसम्म सबैभन्दा बढी चीनमा यो भाइरसका कारण ज्यान गुमाएका छन् । चीनमा मात्रै ३२२६ जनाको मृत्यु भएको छ । त्यसपछि इटलीमा २१५८ जनाको ज्यान गएको छ । इरानमा ८५३ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ३४२ जनाले ज्यान गुमाएका छन् ।दक्षिण कोरियामा ८१, जर्मनीमा १७, फ्रान्समा १४८, अमेरिकामा ९१ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-4-9

Country Confirmed Death
Nepal90
India6725226
China828833339
Malaysia422867
Qatar23766
Australia610851
US46143716478
Saudi Arabia328744