अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको महामारी

अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको महामारी

एजेन्सी । अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको महामारी फैलिएको छ ।पछिल्लो पटक पश्चिमी भर्जिनियामा पनि कोरोना संक्रमित भेटिए पछि सबै राज्यहरुमा कोरोनाको संक्रमण फैलिएको पुष्टि भएको हो ।

८ करोड ५ लाख जनसंख्या रहेको पश्चिमी भर्जिनियालाई लक डाउन गर्ने विषयमा दुई दिनमै निर्णय गरिने अधिकारीहरुले जनाएका छन् ।

यता ११ राज्यहरुसंगै फ्लोरिडामा पनि सबै बार र रेष्टुरेण्टहरु बन्द गर्ने निर्णय गरिएको छ ।हिजो मात्र राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभित्र पनि आवतजावतमा प्रतिबन्ध लाग्न सक्ने बताएका थिए ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले भने गभर्नरहरुले आग्रह गरे अमेरिकी सेनाले फिल्ड अस्पतालहरु निर्माण गर्ने बताएका छन् ।पेन्टागनका प्रमुख मार्क इस्परले अमेरिकी स्वास्थ्य विभागलाई ५० लाख मास्क उपलब्ध गराउने तयारी गरेको बताए ।

अमेरिकामा कोरोना भाइरसका कारण थप २६ जनाको मृत्यु भएपछि मृतकको संख्या १ सय १२ पुगेको छ ।

करिब ६ हजार ४९९ जना संक्रमित भेटिएका छन् । १ सय बढी उपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्