विश्वमा महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण १३ हजार तीन जनाको मृत्यु

विश्वमा महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण १३ हजार तीन जनाको मृत्यु

एजेन्सी । विश्वमा महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण १३ हजार तीन जनाको मृत्यु भएको छ ।३ लाख ४ हजार ९ सय ९९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

९४ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरस संक्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा शुरू भएपनि अहिले युरोप यसको केन्द्रबिन्दु बनेको छ ।

सबैभन्दा धेरै मानिसको मृत्यु इटलीमा गएको छ । थप ७ सय ९३ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ ।

बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ५३ हजार ५ सय ७८ जना सङक्रमित रहेको इटालीमा ६ हजार ७२ जना उपचारपछि घर फर्किएका छन् ।

मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण १ हजार ५ सय ५६ व्यक्तिको मृत्यु भइसकेको छ भने २० हजार ६ सय १० जना संक्रमित छन् ।

स्पेनमा थप २ सय ८५ जनाको मृत्यु भएपछि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या कारण १ हजार ३ सय ७८ पुगेको छ ।

संक्रमितको संख्या पनि बढेर २५ हजार ४ सय ९६ पुगेको छ । जर्मनीमा ८४ जनाको मृत्यु भएको छ भने २२ हजार ३ सय ६४ जना संक्रमित छन् ।

अमेरिकामा ३ सय २ जनाको मृत्यु भएको छ भने २४ हजार २ सय १८ जना सङक्रमित छन्  । फ्रान्समा ५ सय ६२ जनाको मृत्यु भएको छ ।

१४ हजार ४ सय ५९ जना सङक्रमित छन् । दक्षिण कोरियामा कोरोनाका कारण १०२ जनाको मृत्यु भएको छ भने ८ हजार ७ सय ९९ जना संक्रमित छन् ।

दक्षिण एसियाली मुलुकहरु भारतमा ५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर ३ सय ३२ पुगेको छ ।

श्रीलङ्कामा ७७, अफगानिस्तानमा २४, बङ्गलादेशमा २४, माल्दिभ्समा १३ र भुटानमा २ जना संक्रमित देखिएका छन् ।

नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन्  र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् ।

कोरोनाको संक्रमण हालसम्म १८८ मुलुकमा देखा परिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्