भारतमा साढे चार वर्षीया बालिका पनि कोरोना संक्रमण भएको पुष्टि

भारतमा साढे चार वर्षीया बालिका पनि कोरोना संक्रमण भएको पुष्टि

नयाँ दिल्ली । भारतमा साढे चार वर्षीया बालिका पनि कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । आसामको जोरहातमा पहिलो संक्रमित एक बालिका भएको पुष्टि गरिएको छ ।

ती बालिका मार्च १९ मा आफ्नो परीवारसँगै झारखण्डबाट आएकी थिइन् । उनलाई जाँच गराउने क्रममा जोरहात मेडिकल कलेज र हस्पिटलमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

आसाममा अहिलेसम्म अन्य कोरोना संक्रमितहरु देखिएका छैनन् । जोरहातका डेपुटी कमिसनर रोशनी अपरान्जी कोरातीले उक्त बालिकाको नमुना केन्द्रीय प्रयोगशालामा पठाइएको बताएका छन् ।

स्थानीय सञ्‍चारमाध्यमका अनुसार ती बालिकालाई अहिले आइसोलेसन वार्डमा राखेर उपचार थालिएको छ । - डीएनए इन्डिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्