भारतमा आज जनता कर्फ्यु, बेलुका ९ बजेसम्म कायम रहने

भारतमा आज जनता कर्फ्यु, बेलुका ९ बजेसम्म कायम रहने

नयाँ दिल्ली । नोबल कोरोनाभाइरसको महामारीले विश्वलाई नै आतंकित बनाइरहेकोले यसको संक्रमण नियन्त्रण गर्ने प्रयासस्वरुप भारतमा आइतबार जनता कर्फ्यु लगाइएको  छ।

यसअघि बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गर्दै मार्च २२ अर्थात् आइतबार बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कर्फ्यु लागु हुने घोषणा गरेका थिए । उनले जनता कर्फ्युको अवधिमा कुनै पनि सर्वसाधारणलाई घरबाहिर ननिस्किन आग्रहसमेत गरेका थिए ।

भारतमा यसलाई लागु गर्ने प्रयाससवरुप सम्पूर्ण रेलसेवा बन्द गरिएका छन् । शनिबार मध्यरातिदेखि आइतबार बिहान १० बजेसम्म करिब तीन हजार ७०० यात्रुले यात्राका लागि टिकट लिएका थिए ।

तर, रेलमा पनि थुप्रै संक्रमित यात्रुले यात्रा गर्नसक्ने जोखिम बढेको भन्दै यातायातसमेत अवरुद्ध गरिएको हो । आगामी साता पनि रेल सेवा बन्द गरिने डीएनए इन्डियाले जनाएको छ । मार्च २१ देखि अप्रिल १५ सम्मका सम्पूर्ण रेलसेवाहरु बन्द गरिएका हुन् ।

सामाजिक दूरीलाई कायम गर्नेसम्बन्धी जनचेतना जगाउने  अभियानस्वरुप यो कर्फ्यु जारी गरिएको हो । - डीएनए इन्डिया 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्