विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना भाइरसका कारण एकको मृत्यु 

<span class='c1'>विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा</span> <span class='c2'>कोरोना भाइरसका कारण एकको मृत्यु </span>

भारतको बिहारमा कोरोना भाइरस (कोभिड १९) का कारण एकजनाको मृत्यु भएको छ । बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको हो ।स्थानीय पत्रकार नीरज हायका अनुसार मृतक मुगेंरमा बस्दथे । पछिल्लो दिन उनी कतारबाट फर्किएका थिए ।

उनको मृत्यु शनिबार बिहान भएको थियो । पछि उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।उनको किड्नी फेल भएको थियो । यसका साथै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।बिहारमा कोरोना संक्रमित अर्का व्यक्ति एनएमसीएचको आइसोलेशन वार्डमा छन् । उनी स्कटल्याण्डबाट फर्किएका थिए ।

आइतबार भन्दा अघि बिहारमा कोरोना भाइरस संक्रमणका कुनै घटना थिएन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्