जर्मनीमा आजबाट दुईजना भन्दा बढी भेला हुन नपाउने

जर्मनीमा आजबाट दुईजना भन्दा बढी भेला हुन नपाउने

एजेन्सी । कोराना भाइरसको रोकथाम र नियन्त्रणका लागि जर्मनीमा दुईजना भन्दा बढी भेला हुन नपाउने नियम लागू गरिएको छ ।जर्मन सरकारले आजदेखि लागू हुने गरेको नियम अनुसार सार्वजनिक स्थानमा दुईजना भन्दा बढी भेला हुन पाउने छैनन् ।

यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले टेलिभिजनमार्फत सम्बोधन गर्दै कोरोना भाइरसविरुद्ध लड्न सबैले नियम पालना गर्न आग्रह गरेकी छिन् ।जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसलहरु यसअघि नै बन्द भइसकेका छन् भने सैलुन, ब्युटिपार्लर र मसाज स्टुडियो पनि आजदेखि बन्द भएका छन् ।

टेलिभिजन सम्बोधनलगत्तै चान्सलर मर्केल पनि क्वारेन्टाइनमा बसेको मार्केलको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।उच्च ज्वरो र निमोनिया भएपछि उनलाई क्वारेन्टाइनमा राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्