काठमाडौं ।
अमेरिकाको न्युयोर्कमा बस्दै आएका पाँचथरका अनिल सुब्बाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित भएर न्युयोर्कस्थित अस्पतालमा भर्ना भएका ५० वर्षीय सुब्बाको मंगलबार मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले जानकारी दिएका छन् ।
पाँचथरका सुब्बा विगत १५ वर्षदेखि अमेरिका बस्दै आएका थिए। कोरोना भाइरसको प्रभाव अमेरिकामा पनि देखिएको छ ।