मलेसियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो

मलेसियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो

क्‍वालालम्पुर । मलेसियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । त्यसैगरि एक दिनमा १७२ जनामा नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण भएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मलेसियामा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार ७९६ पुगेको छ । मलेसियाका स्वास्थ्य महानिर्देशक नूर हिसाम अब्दुल्लाहले १७२ जना संक्रमितहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी भइरहेको बताएका छन् । १७२ जना नयाँ संक्रमितमध्ये ७१ जना श्री पेटालिङ मस्जिदका रहेको बताइएको छ ।

पछिल्लो समय ज्यान गुमाउने ७६ वर्षीय वृद्ध रहेको बताइएको । हालसम्म कोभिड-१९ को संक्रमितमध्ये ४५ जनालाई उपचार गरिएको महानिर्देशक नूर हिसामले बताएका छन् ।

मन्त्रालयका ७३ जना स्वास्थ्य अधिकारीहरुलाई पनि कोरोन संक्रमण भएको बताइएको छ । मन्त्रालयका १८९५ स्वास्थ्य अधिकारीहरु कोरोना संक्रमितको उपचारमा खटिएका छन् । उनीहरु सबैको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये ११८७ को कोरोना नेगेटिभ देखिएको छ भने अन्य ७०८ जनाको नतिजा आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्