युएईमा फेरि २ जना नेपालीमा  कोरोना  भाइरसको संक्रमण

युएईमा फेरि २ जना नेपालीमा  कोरोना  भाइरसको संक्रमण

युएईमा फेरि २ जना नेपालीमा  कोरोना  भाइरसको संक्रमण भएको भेटिएको छ। यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो सूचनाअनुसार २४ घण्टाभित्र थपिएका ७२ नयाँ संक्रमित मध्ये दुईजना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो।

सो मन्त्रालयले जनाएअनुसार हाल उनीहरूको अवस्था स्थिर छ र उपचार भइरहेको छ। यसअघि पनि यहाँ दुई जना नेपालीमा यस्तो संक्रमण देखिएको थियो। तर केही समयको उपचारपछि उनी निको भएका थिए ।

युएईमा हालसम्म ४ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्