काेभिड-१९ का कारण अमेरिकामा मृत्यु हुनेकाे संख्या २ हजार नाघ्यो

काेभिड-१९ का कारण अमेरिकामा मृत्यु हुनेकाे संख्या २ हजार नाघ्यो

विश्वव्यापी महामारीकाे रूपमा फैलिएकाे काेभिड-१९ (काेराेनाभाइरस)का कारण अमेरिकामा मृत्यु हुनेकाे संख्या २ हजार नाघेकाे छ ।

चीनबाट सुरु भएको कोरोना महामारी पछिल्लो समय यूरोप हुँदै अमेरिकामा तीव्र रुपले फैलिरहेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोभिड-१९ का बिरामी १ लाख २३ हजार ४२८ पुगेको विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डोमिटर्सले जनाएको छ ।

अमेरिकामा पछिल्लो एकैदिन १९ हजार ३०२ नयाँ संक्रमित फेला परेका छन् । त्यहाँ कोभिड कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार २११ पुगेको छ । पछिल्लो एकैदिनमा मात्र ५१५ जनाको मृत्यु भएको छ, जुन अमेरिकामा कोरोनाका कारण भएकै हालसम्मकै उच्च मृत्यु हो ।

यद्यपि ३ हजार २३१ जना भने उपचारपछि पूर्ण रुपमा निको भइसकेको जनाइएको छ । कोरोना भइरस सक्रिय रहेका १ लाख १७ हजार ९८६ मध्ये २ हजार ६६६ को अवस्था भने गम्भीर रहेको छ ।

काेराेनाका कारण सबैभन्दा बढी ज्यान गुमाउने देशमा इटाली रहेकाे छ । त्यहाँ हालसम्म १० हजारभन्दा बढीकाे ज्यान गइसकेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।

उद्गमस्थल चीनमा भने मृत्युदर घटिरहेकाे बताइए पनि शनिबार एकैदिनमा ५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ७५ हजार ४४८ जना भने निकाे भइसकेका छन्, २ हजार ६८१ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्