अष्ट्रेलियामा ८ नेपालीमा कोरोनाभाइरसको संक्रमण

अष्ट्रेलियामा ८ नेपालीमा कोरोनाभाइरसको संक्रमण

अष्ट्रेलियामा ८ नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएकामध्ये एकजना निको भएका छन् ।

अष्ट्रेलियामा रहेको नेपाली दूतावासले सो कुरा पुष्टि गरेको हो ।तास्मानियामा बस्दै आएका एक नेपाली संक्रमित निको भएका हुन् ।

दूतावासका अनुसार अहिलेसम्म न्यू साउथ वेल्समा ४ जना र भिक्टोरियामा तीनजना संक्रमित भेटिएका छन् । संक्रमित सातैजना आ–आफ्नो घरभित्र क्वारेन्टिनमा रहेको दूतावासले जानकारी दिएको छ ।

दूतावासले नेपाल फर्कन चाहेका र समस्यामा रहेका केही नेपाली विद्यार्थी, घुम्न आएका अभिभावक र अस्थायी भिसा धारकलाई सुरक्षित रुपमा नेपाल फर्काउन काठमाडौंमा रहेको दूतावाससँग समन्वय गरिरहेको जानकारी दिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्