बेलायतका करिब २० हजार अवकाशप्राप्त चिकित्सकहरु सेवा फर्किने

बेलायतका करिब २० हजार अवकाशप्राप्त चिकित्सकहरु सेवा फर्किने

लन्डन । बेलायतका करिब २० हजार अवकाशप्राप्त चिकित्सकहरु सेवा फर्किन लागेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अवकाशप्राप्त २० हजार डाक्टर र नर्सहरु राष्ट्रिय स्वास्थ्य सेवा फर्किन लागेको बताएका हुन् ।

उनले ट्विटरमा पोस्ट गरिएको भिडियोमार्फत सेवा फर्किन लागेका चिकित्सकहरुलाई धन्यवादसमेत दिएका छन् ।

यसअघि बेलायत सरकारले नोभेल कोरोना भाइरसको संक्रमणका बेला मुलुकलाई संकटबाट जोगाउन अनुभवीसमेत रहेका अवकाशप्राप्त करिब ६५ हजार चिकित्सकलाई कोरोना महामारीको अवधिभरका लागि सेवा फर्किन अपिल गर्दै पत्र पठाएको थियो । जसमध्ये २० हजार चिकित्सकहरु मुलुकलाई संकटबाट जोगाउन सेवामा फर्किन लागेका हुन् ।

प्रधानमन्त्री जोन्सन भने कोरोना संक्रमणका कारण सेल्फ-आइसोलेसनमा छन् ।

बेलायतमा हालसम्म १९ हजारभन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ भने १२ सयभन्दा बढीको मृत्यु भएको छ । - बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्