स्वास्थ्य मन्त्रालय भन्यो “कोरोना परिक्षणको शुल्क तोक्न बाकि”

स्वास्थ्य मन्त्रालय भन्यो “कोरोना परिक्षणको शुल्क तोक्न बाकि”

भुलसुधार: कोभिड-१९ को परीक्षण गर्दा शुल्क लाग्ने भनेर यस अघि प्रकाशित खबरमा त्रुटी भएको पाएपछी आवश्यक सुधार गरीएको छ । आगामी दिनमा समाचार प्रकाशन गर्दा थप सचेत हुने जानकारी गराउँदै उक्त समाचारबाट पर्न गएको असुविधा प्रति क्षमापार्थी छौं । - सम्पादक

 

अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक संस्थालाई पनि परीक्षण गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र गोपनियता राख्ने शर्तमा ति सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षण गर्न दिइने भएको हो । लक्षण नभएका स्वदेशी तथा विदेशी व्यक्तिले  शुल्क तिरेर ति संस्थाबाट कोभिड–१९ परीक्षण गराउने पाउने छन् ।

अहिले एक जनालाई परीक्षण गराउन करिब रु १५ हजार खर्च हुने गर्दछ । मन्त्रालयका विज्ञ सल्लाहाकार डा. खेम कार्कीले पहिलो चरणमा सार्वजनिक संस्थालाई र विस्तारै निजी स्वास्थ्य संस्थालाई दिने बताए ।

“सम्भावित सङ्क्रमितलाई सरकारले नै पिसिआरबाट परीक्षण गर्ने छ” उनले भने, “तर इच्छुक कोही व्यक्तिले चाहेमा ति संस्थाबाट शुल्क तिरेर पनि परीक्षण गराउन पाउने व्यवस्था गर्दैछौं ।” अहिलेसम्म सम्भावित सङ्क्रमितलाई सरकारले निःशुल्क रुपमा  पिसिआर परीक्षण गराइरहेको छ । यो कार्यले निरन्तरता पाउने छ ।

अपडेट :

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको स्पष्ट पारेको छ ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा मन्त्रालयले शुल्क तोकेको हल्ला भएपछि मन्त्रालयले कुनै शुल्क नतोकिएको जनाएको हो । सरकारले कोरोना परीक्षण गर्नुपर्ने व्यक्तिबारे निर्देशिका बनाएको छ । कोरोना परीक्षण गर्नुपर्नेहरुको सरकारले नै नि:शुल्क परीक्षण गर्दै आएको छ ।

तर सरकारी निर्देशिकाको मापदण्डबाहिरका व्यक्तिले पनि कोरोना परीक्षण गर्न चाहेमा शुल्क तिरेर परीक्षण गराउन सक्ने जनाएको छ । शुल्कको बारेमा छलफल भइरहेको तर टुंगो नलागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो ।

सरकारले निजी अस्पताललाई आरडीटी र सरकारी अस्पताललाई पीसीआर विधिमार्फत शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने निर्णय गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्