मुख्यमन्त्री कार्कीद्वारा छठ पर्वको शुभकामना

<span class='c1'>मुख्यमन्त्री कार्कीद्वारा छठ</span> <span class='c2'>पर्वको शुभकामना</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने बताउनुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ,“ सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न तथा आपसी सद्भाव सुदृढ तुल्याउन छठपर्वका माध्यमबाट प्रेरणा मिल्ने अपेक्षा गरेको छु” ।

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम रही भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पत्र गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्