‘भ्वाईस फर चेन्ज’संस्थाद्धारा विराटनगरमा लकडाउनको विरोध गर्दै शान्ति जुलुुस प्रर्दशन

‘भ्वाईस फर चेन्ज’संस्थाद्धारा विराटनगरमा लकडाउनको विरोध गर्दै शान्ति जुलुुस प्रर्दशन

विराटनगर । विराटनगरमा रहेका साना तथा ठूला व्यापारीहरुको संगठित संस्था परिवर्तनका लागि आवाज (भ्वाइस फर चेन्ज) ले लकडाउनको विरोध गर्दै शान्ति जुुलुुुस प्रदर्शन गरेका छन् ।


भ्वाइस फर चेन्जमा आबद्ध व्यवसायीले बिहीबार विराटनगर बजारमा शान्ति जुलुस प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
संस्थाको विज्ञप्तिमा विराटनगरमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, विराट व्यापार संघ, खुद्रा व्यापार संघ, वस्तुगत संघ आदि अनेकन संघ–संस्थामा उद्योगी व्यापारी विभाजित भएको चर्चा गरिएको छ ।
‘समय कस्तो आएको छ भने सबै संघसंस्था एकै ठाउँमा उभिएर एउटै आवाजका साथ अगाडि बढ्नु परेको छ । अनि मात्र हाम्रो आवाज बुलन्द हुन्छ र हामी सबै सरकारको यो तानाशाही प्रवृत्तिको घोर विरोध गर्न सक्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले खाद्यान्न, औषधि, कृषि, पेट्रोल पम्प, सर्भिसिङ र रिपेयर सम्बन्धी व्यवसाय हरेक दिन खोल्न पाउनुपर्ने माग गरेका छन्। व्यापारी रिसव दाहालका अनुसार इलेक्ट्रिक, इलेक्ट्रोनिक, पाठ्यसामग्री, कपडा, जुत्ता तथा फैन्सी पसलहरू जोर दिन र सुनचाँदी, फर्निचर, मोटरगाडी तथा मसलन्द व्यवसाय बिजोर दिन खोल्न पाउनुपर्ने माग गरिएको छ ।


विज्ञप्तिमा विद्युतमा लाग्ने डिमान्ड चार्ज पूर्ण मिनाहा गर्न र घर–गोदामको भाडामा ५० प्रतिशत छुट गर्न आग्रह गरिएको छ । त्यस्तै वार्षिक नवीकरण गरिनुपर्ने सबै खाले कर तथा सेवा शुल्क मिनाहा गरिनुपर्ने जस्ता प्ले कार्ड बोकेर जुलुसमा सहभागी भएका थिए ।
विराटनगरको महाविर रोडबाट निस्किीएको शान्ति जुलुस जलजला चौक, डिएसपी कार्यालय हुदै गोल्छा चौकबाट जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर कोणसभा गरेको थियो । कोणसभापछि सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको जुलुसमा सहभागी व्यापारी रिसव दाहालले जानकारी दिए ।
व्यापारीहरुले ‘राहत प्याकेजमा केवल १ करोडमुनि कारोबार गर्ने उद्योगी व्यवसायीलाई मात्र नभएर सम्पूर्णलाई सोही अनुपातमा समेटिनु पर्ने माग राखेका छन् । ‘नेपाल सरकार अन्तर्गतका विभिन्न व्यवसायहरू घाटामा देखाउन मिल्ने अवस्थामा उद्योग व्यवसायले पनि आ–आफ्नो व्यवसाय घाटामा रहे नेगेटिभ वासलात पेश गर्न पाइनु पर्ने उनीरुरुको माग छ । उद्योगी–व्यवसायीले तिर्नुपर्ने सम्पूर्ण करहरू लकडाउन सकिएको दिनले तीन महिना म्याद थप गरी तिर्न मिल्ने सुविधा हुनुपर्ने माग गरेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्