विराटनगर सहित प्रदेश १ का सामुदायिक विद्यालय प्रविधिमा सवल बन्दै

विराटनगर सहित प्रदेश १ का सामुदायिक विद्यालय प्रविधिमा सवल बन्दै

विराटनगर । एकवर्ष अगाडीसम्म सामुदायिक विद्यालय र त्यहाँ अध्यापन गराउने शिक्षकप्रति धेरैको सोच कमजोर अंग्रेजी भाषा र प्रविधिको जानकारीविहीन भएको रुपमा बुझ्ने गरिन्थ्यो ।
कमजोर शिक्षण सिकाई हुने थलोको रुपमा चिनिने सामुदायिक विद्यालय र कमजोर ज्ञान आर्जन भएका शिक्षकको संज्ञा पाउने गरेको सामुदायिक विद्यालय र शिक्षकप्रति एकवर्ष भित्रमा धेरै भ्रम चिरिएका हुन् ।
प्रदेश १ सरकारको सामााजिक विकास मन्त्रालयले सामुदायिक विद्यालय भित्र डिजिटल लिक्ट्रेसी (प्रविधि साक्षरता) सिकाई प्रणालीको सुरुवात गरेसँगै सवाल र जवाफ दुवै फेरिएका हुन् ।
सामुदायिक विद्यालय अहिले विद्यार्थी, शिक्षक र अभिभावकको साझा थलोको रुपमा विकास मात्रै भएको छैन, सिकाईका लागि साझा केन्द्र समेत बन्दै गएको हो । सामुदायिक विद्यालयका शिक्षकहरु प्रविधिमा सवल बन्दै जानु भएको छ, सोमबार सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षकहरुसँगको अनलाईन परियोजना प्रस्तुती कार्यक्रमपछि भन्नुभयो–विद्यालय र शिक्षकप्रति रहेको कमजोर बुझाईलाई दर्विलो जवाफ दिईसकेका छौं ।
अँगे्रजी र प्रविधिमा कमजोर शिक्षकबाट कमजोर विद्यार्थी उत्पादन हुन्छन् भन्ने बुझाई ग्रामिण क्षेत्रमा खासै हुँदैन । सामुदायिक विद्यालयको विकल्प नहुँदा समुदायस्तरबाटै विद्यालय र शिक्षकलाई जिम्मेवार बनाउन सबैैको भूमिका हुने गरेको छ ।
मन्त्री घिमिरेले लकडाउनको अवधीमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाव दिदैं अनलाइन परियोजना प्रसतुती कार्यक्रमका क्रममा मन्त्री घिमिरेले प्रदेश सरकारले प्रत्येक सामुदायि विद्यालयलाई प्रोत्साहन र पुरस्कृत गर्ने बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले शिक्षाको गुणस्तर बृद्धिमा सूचना प्रविधि तालिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले लकडाउनको अवधिमा शैक्षिक गुणस्तर सुधारका लागि उपलब्धिमुलक काम भएको बताउँदै यसलाई सार्थक अभियानको रुपमा अगाडी बढाईने बताउनुभयो ।
प्रविधिमैत्री विद्यालय निर्माणमा प्रदेश १ सरकारले सुरु गरेको कार्यको प्रशंसनिय रहेको इक्वालिटी फाउण्डेसन अमेरिकाका कार्यकारी निर्देशक मेदनी अधिकारीको बुझाई छ । सामाजिक विकास मन्त्रालयले सुरु गरेको कार्यलाई संघीय सरकारका शिक्षामन्त्रीले समेत चासो दिईरहनु भएको अधिकारीको भनाई थियो । दुई महिनाको अवधिमा शिक्षकहरुले सूचना प्रविधिको क्षेत्रमा ठुलो उपलब्धि हाँसिल गरेको कार्यकारी निर्देशक अधिकारीले भनाई छ ।
विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री, प्रविधि साक्षर विद्यार्थी र समाज समेतको परिकल्पनाले शिक्षामा आमूल परिवर्तन ल्याउन सक्ने धेरैका विश्लेषण छ । प्रदेश १ का ६ सय शिक्षकलाई सूचना प्रविधि सम्बन्धि अनलाईन शिक्षक तालिम सञ्चालन यस अवधीमा गरिएको छ । परियोजना कार्यप्रस्तुती कार्यक्रममा ४ सय बढी शिक्षकले सोमबार सहभागिता जनाएका थिए ।
प्रदेश १ का विभिन्न विद्यालयका शिक्षकहरुले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक लगायतका विषयको प्रस्तुती प्रस्तुत गरेका हुन् । तालिममा सहभागी शिक्षकमध्ये ५० प्रतिशत बढीले परियोजना कार्य गर्न सक्ने ज्ञान आर्जन गरेको सामाजिक विकास मन्त्रालयले गरेको मूल्यांकनमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्