देशभरमा संक्रमित १२ हजार ७ सय, निको हुने ३ हजार

देशभरमा संक्रमित १२ हजार ७ सय, निको हुने ३ हजार

विराटनगर । देशभर आइतबार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको तथ्यांकसहित कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको हो । यसैगरी डिस्चार्ज हुनेको संख्या तीन हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता नेपालमा थप १७९ जना कोरोनामुक्त भएका हुन् ।
मन्त्रालयका प्रवक्ता प्रा।.डा जागेश्वर गौतमले आज १३ महिला र १६६ पुरुष कोरोनालाई जितेर डिस्चार्ज भएको जानकारी दिए । यससँगै नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या तीन हजार १३ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने २८ रहेको छ । आइतबार कोरोनाबाट कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्