नेकपाको केन्द्रमा देखिएको विवाद समाधान खोज्न प्रदेश १ का १४ जिल्ला अध्यक्ष र सचिवको आग्रह

नेकपाको केन्द्रमा देखिएको विवाद समाधान खोज्न प्रदेश १ का १४ जिल्ला अध्यक्ष र सचिवको आग्रह

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रमा सिर्जना भएकोे विवादले विभाजन तथा टुटफुटको संकेत गरिरहेको भन्दै त्यसलाई तत्काल रोक्न प्रदेश १ अन्तर्गतका जिल्लास्तरका नेताहरुले अपिल गरेका छन् ।
प्रदेश १ का १४ जिल्लाका अध्यक्ष तथा सचिवहरुले संयुक्त रुपमा आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि आन्दोलनलाई विभाजनमा नभई एकतामा बढाउन आग्रह गरेका हुन् ।

दुई तिहाई नजिक मत पाएको पार्टीमा देखिएको विवादले प्रदेशवासी नागरिकलाई दुखि बनाएको भन्दै जिल्ला अध्यक्ष तथा सचिवहरुले केन्द्रमा दुई अध्यक्षबीच देखिएको विवाद तत्काल समाधान गर्नका लागि माग गरेका छन् ।
नेकपा मोरङको पार्टी कार्यालय विराटनगर पाञ्चालिमा आयोजित पत्रकार सम्मेलनमा समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउनुपर्ने कार्यलाई पार्टी भित्रको विवादले ओझेलमा पार्न नहुने मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताएका छन् ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य गुरु बरालले राष्ट्रियताको सवालमा मजबुत भएर उठिरहेको बेला आन्तरिक पार्टी जीवनमा भईरहेको विवादलाई न्यूनीकरण गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । भारतले कब्जा गरेको भूमि फिर्ताको प्रक्रिया बढिरहेको बताउँदै नेता बरालले नक्सा जारि सकेको अवस्थामा भूमि फिर्ताको सवालमा एकता आवश्यक रहेकोमा जोड दिएका थिए ।
बरालले सरकारका कमिकजोरीलाई सच्याउँदै नेकपाको सरकार निरन्तरतालाई अगाडी बढाउनुपर्नेमा पत्रकार सम्मेलनमा धारणा राख्ने क्रममा जोड दिएका हुन् ।
पत्रकार सम्मेलनमा पार्टी केन्द्रमा देखिएको विवादलाई आधार बनाएर पक्ष वा विपक्षमा कुनैपनि पार्टी संगठन सदस्य प्रदर्शनमा नउत्रिन समेत निर्देशन गरिएको छ । यदि कसैले पनि कुनैपनि बहानामा पक्ष वा विपक्षमा प्रदर्शन गरिएको पाइएमा कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्