आइतबार १५६ नयाँ संक्रमित थपिए

आइतबार १५६ नयाँ संक्रमित थपिए

विराटनगर । देशभर आइतबार थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।

विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको हो ।

आइतबार कोरोना स‌ंक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै सप्तरीमा ३२ जना स‌ंक्रमित भेटिएका छन् । त्यस्तै कैलालीमा २४ जना, सर्लाहीमा २३ जना, बर्दिया र नवलपरासीमा १०र१० जना, पर्सामा ७ जना, कास्की, लमजुङ र म्याग्दीमा ६र६ जना, बाँके र दाङमा ५र५ जनामा कोरोना संक्रमण देखिएको छ । ललितपुर, सर्लाही र रौतहट, स्याङ्जा, रुपन्देही र डडेल्धुरामा २-२ जनामा संक्रमण देखिएको छ ।

सुनसरी, सिरहा, बारा, काठमाडौं, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्युठान र सल्यानमा १–१ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ८ जिल्लामा हाल कोरोना संक्रमित छैनन् । भोजपुर पाँचथर धनकुटा रसुवा, मनाङ, मुस्ताङ हुम्ला र जुम्लामा हाल संक्रमित छैनन् ।

रौतहट, कैलाली र बाजुरामा भने ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्