नेपालमा १४७ जना नयाँ संक्रमित थपिए

नेपालमा १४७ जना नयाँ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा कोभिड–१९ का १४७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आफ्नो नियमित पत्रकार सम्मेलनमा बिहीबार तीन हजार ४८१ नमूना सङ्कलन गरी परीक्षण गर्दा १४७ जनामा संक्रमण देखिएको जानकारी दिइएको हो ।

 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार २४१ पुगेको छ ।यस्तै, १५६ निको भएर घर फर्केका छन् । योसँगै निको हुनेहरु १२ हजार ८४० पुगेको छ ।

नेपालमा अहिले पाँचहजार ३५८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने २० हजार ९८ जना क्वारेन्टिनमा रहेका छन् । रेड जोनमा ५३० रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार नेपालमा सङ्क्रमित हुनेका दर घटिरहेको छ । असार १० गते सङ्क्रमित हुनेका दर ९.२ रहेकोमा साउन ७ गते २.०६ प्रतिशत र बिहीबार ४.२ प्रतिशत रहेको छ ।

वीरगन्जका ७० वर्षीय एक पुरुषको कोरोना भाइरसका कारण साउन ७ गते मृत्यु भएको छ । श्वासप्रश्वासको समस्या भएका उहाँलाई उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो । योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्