वीरगञ्जका मेयर सरावगीलाई कोरोना संक्रमण

वीरगञ्जका मेयर सरावगीलाई कोरोना संक्रमण

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य परीक्षणका लागि काठमाडौं गएका सरावगीको परीक्षणको क्रममा संक्रमण पुष्टि भएको हो । परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनी थप स्वास्थ्य समस्यासहित कोरोनाको उपचार काठमाण्डौंमा गर्ने भएका छन् ।

उनले आफ्ना नगरवासीलाई ‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु’ भन्ने सन्देशसहित संक्रमित भएको जानकारी दिएका छन् । कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताएका छन् ।

वीरगञ्जमा कोरोना समुदायस्तरमा फैलिएको मानिएको छ । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए ।

उनले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गर्नुको साथै क्वारेन्टिन, आइसोलेसन र कोभिड अस्पतालमा रहेका संक्रमितसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र बस्ने व्यवस्था मिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्