वीपीका जुनियर डाक्टर आन्दोलित

वीपीका जुनियर डाक्टर आन्दोलित

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा खटिएका जुनियर डाक्टरहरुले विभिन्न ९ सुत्रीय माग राखेर आन्दोलन घोषणा गरेका छन् ।
आइतबारदेखि उनीहरुले हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका हुन् । गत शुक्रबार प्रतिष्ठानका पदाधिकारी र प्रशासन समक्ष ९ बुँदे माग राख्दै समस्याहरुको समाधान खोजिनुपर्ने शर्त अगाडी सारेका थिए ।

आइतबार कालोपट्टी बाँधेका उनीहरुले २४ घण्टाभित्र माग पुरा नभए सम्पुर्ण जेआरहरुले इमर्जेन्सीबाहेक डिउटीमा भाग नलिने घोषणा गरेका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले कोभिड १९ को व्यवस्थापनमा जेआरहरु खटिदै आएपनि धेरै समस्या खेप्नु परिरहेको भन्दै त्यसलाई समाधान गर्न माग गरेका छन् ।

वीपीका डा.देवराज घिमिरेले जेआरहरुलाई डिउटीमा खटाउदा लगातार १४ दिन र दैनिक १० घण्टाभन्दा बढी खटाउन नमिल्ने सरकारी निर्देशिका विपरित आपूmहरुलाई एक महिनासम्म काममा लगाएको गुनासो गर्नुभयो । लेभल ३ कोभिड अस्पतालमा चौबिसै घण्टा एक जना कन्सल्टेण्ट कोभिड डिउटीमा फ्लोरमा नै खटिनुपर्ने पनि सोसाइटीको माग छ ।

कोभिड अस्पतालमा बिहान र बेलुकी राउण्डमा मात्र कन्सल्टेण्ट आउने र समस्या पर्दा फोन गर्नुपर्ने अवस्था रहेकोले समस्या भइरहेको सोसाइटीले जनाएको छ । यसैगरि, डिउटीको समय र त्यसपश्चात क्वारेन्टिनमा बसेका जेआरहरुलाई खाने र बस्ने सुविधा स्तरीय नभएको भन्दै त्यसमा पुनरावलोकन हुनुपर्ने उनीहरुको भनाइ छ ।

कोभिड डिउटीमा खटिएका चिकित्सकहरुको जोखिम भत्ताको बजेट मन्त्रालयबाट आइसके पनि उपलब्ध नभएको भन्दै सोसाइटीले चाडो प्रदान गर्न पनि माग गरेको छ । कोभिड अस्पतालमा शव व्यवस्थापनमा पनि जेआरहरुलाई खटाइने गरिएको भन्दै सोसाइटीले उक्त काम तत्काल अन्त्य गर्न पनि माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्