जिल्ला अस्पताल खोटाङमा आकस्मिक बाहेक सबै सेवा बन्द

जिल्ला अस्पताल खोटाङमा आकस्मिक बाहेक सबै सेवा बन्द

उपचार सम्भवन नभएपछि रेफर गरिएका बिरामीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल खोटाङमा आजदेखि आकस्मिक तथा प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ । यहि भदौ ४ गते रेफर गरेर काठमाडौँस्थित पाटन अस्पताल पु¥याएकी एक किशोरीलाई सोमबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा समेत सङ्क्रमण फैलिएको आशङ्कामा उनीहरुको पिसिआर रिपोर्ट नआएसम्मका लागि आकस्मिक तथा प्रसूति बाहेकका सेवा बन्द गरिएको हो ।

बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारीसहित ५६ जनाको नमूना सङ्कलन गरेर पिसिआर परीक्षण गर्न पठाइएकाले अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको आकस्मिक तथा प्रसूति बाहेकका सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख रवीनकुमार फुयाँलले बताउनुभयो । “स्वास्थ्यकर्मी र कर्मचारीसँगै हाल आइसोलेशनमा बसिरहेका छ जना प्रहरीको पनि स्वाब परीक्षण गर्न विराटनगर पठाइएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर रिपोर्ट आएपछि सोही आधारमा अस्पतालको सेवा सञ्चालन गरिनेछ ।”

ज्वरोको समस्यले बिरामी परेकी किशोरी भदौ २ गते उपचारका भर्ना हुनुभएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा शैलेस श्रेष्ठले बताउनुभयो । “उहाँ विदेशबाट आउनुभएको पनि होइन, विदेशबाट आउने व्यक्तिसँग सम्पर्क भएका व्यक्ति पनि होइन भनिएको छ”, उहाँले भन्नुभयो, “यही आधारमा अस्पतालमा भर्ना गरेर उपचार गर्दा पनि सुधार नभएपछि काठमाडौँ रेफर गरिएको थियो ।”

किशोरीसँगै जिल्लाबाट पिसिआर परीक्षणमा पठाइएकामध्ये २० जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ । हालसम्म जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ जना, हलेसी तुवाचुङ नगरपालिकाका चार जना, ऐसेलुखर्क, बराहपोखरी र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक÷एक जना र विराटनगरबाट सरुवा भएर आएका छ जना प्रहरीलाई सङ्क्रमण पुष्टि भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पठाइएका ८५ जनामध्ये ८३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर परीक्षणमा पठाइएकामध्ये दुई जनाको रिपोर्ट आउन बाँकी रहेको नगरस्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले बताउनुभयो । यसैबीच, विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न प्रहरीले ‘तपाईको मास्क खोइ ?’ अभियानलाई कडाइका साथ लागू गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा प्रहरीले मास्क नलगाइ हिँडडुल गर्नेलाई अनिवार्य एक घण्टा सडकमै उभ्याउनुका साथै रु १०० जरिवाना गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्