कोरोनाले अक्सिजनको मात्रामा कमी त आएको छैन ? घरमै थाहा पाउन सकिन्छ ‘अक्सिमिटर’ले

कोरोनाले अक्सिजनको मात्रामा कमी त आएको छैन ? घरमै थाहा पाउन सकिन्छ ‘अक्सिमिटर’ले

देशका प्रमुख शहरहरु काठमाडौं ,बिराटनगर लगायतमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको आशंका गर्न थालिएको छ ।

धेरै जसो कोरोना संक्रमण घर मै आइसोलेसनमा बस्नु परेको छ।  कोरोनाका कारण एकासी रगतमा अक्सिजनको मात्रामा कमी आएर मृत्यु समेत हुन सक्छ ,त्यसबेला  बिरामीलाई अक्सिजन दिन सकियो भने ज्यान जोगाउँन सकिन्छ ।

त्यसको लागि एक उपयोगी मध्यम पल्स ओक्सिमिटर हुन सक्छ ,रगतमा अक्सिजनको मात्र सजिलै तरिकाले हेर्न सकिन्छ ।

कोरोना संक्रमणले अन्तिममा गाह्रो बनाउने भनेको स्वासप्रस्वासमै हो । अहिलेसम्म मृत्यु भएकामध्ये अधिकांशमा यही समस्या देखिएको छ। त्यही भएर संक्रमितले आफ्नो शरीरमा अक्सिजनको मात्रा कति छ भन्ने थाहा पाउनु महत्वपूर्ण हुन्छ।

घरमै बसिरहँदा कतिपयलाई सास फेर्न अलि गाह्रो हुँदा पनि मन आत्तिन सक्छ। त्यस्तो बेलामा पल्स अक्सिमिटरले जाँच गरेर अक्सिजन मात्रा थाहा पाउन सकिन्छ।संक्रमितहरूमा निमोनिया देखियो भने फोक्सोले अक्सिजन लिन सक्दैन। जसले गर्दा रगतमा अक्सिजनको मात्रा कमी हुन थाल्छ। त्यस्तो बेला पल्स अक्सिमिटरले जाँच गरेर अक्सिजन मात्रा थाहा पाउन सकिन्छ, अक्सिजनको मात्रा ९४ भन्दा तल देखायो भने तुरून्त अस्पताल जाने वा चिकित्सकसँग परामर्श लिनुपर्छ ।
पल्स अक्सिमिटरको प्रयोगले लक्षणसहितका संक्रमितहरूले आफ्नो स्वास्थ्य अवस्थालाई निगरानी गर्न  घरमै बस्दा लगातार खोकी लाग्यो, ज्वरो देखियो, थकान महशुस भयो, रिंगटा चल्यो भने यो उपकरणले अक्सिजन मात्रा जाँच गर्नुपर्छ र मात्रा कम देखियो भने अस्पताल जानुपर्छ।

खोकी र ज्वरो सुरू भएको पाँच दिनमा निमोनिया सुरू हुन्छ। जसले गर्दा रगतमा अक्सिजनको मात्रा पनि कम हुँदै जानसक्छ। यो अवधिमा संक्रमितले बढी सतर्कता अपनाउनु पर्ने दमका बिरामी र दीर्घ रोगीमा भने यसै पनि अक्सिजनको मात्रा कमी हुनसक्ने भन्दै उनीहरूलाई पनि यो उपकरण उपयोगी हुनेछ।
सरकारले आफै निसुल्क रुप्मा प्रतेक कोविड सन्क्रमितलाई पल्स ओक्सिमितर दिने र गाह्रो पर्न साथ जाच गरी अक्सिजन दिन सके मृत्यु दरमा कमी ल्याउन सकिन्छ
कोरोना रोक्थामका लागि सामाजिक दुरी कायम गर्ने ,बाहिर जादा मास्क्को प्रयोग गर्ने ,पटक पटक साबुन पानीले हाथ धुने मात्रै पनि सबैले गर्न सकियो भने यस महामारीलाई जित्न सकिन्छ यसलाई ब्यवहारमा ल्याउन हामी सबै आफैमा भर पर्छ ।

लेखक : बिशेक दाहाल (उनि नोबेल मेडिकल कलेजका डाक्टर हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्