विराटनगरका अस्पतालले विरामीको उपचार गर्न नमानेपछि हेलिकप्टर चार्टर गरेर गाउँ फर्काइयो

विराटनगरका अस्पतालले विरामीको उपचार गर्न नमानेपछि हेलिकप्टर चार्टर गरेर गाउँ फर्काइयो

विराटनगर । विराटनगरका अस्पतालले उपचार गर्न नमानेपछि खोटाङबाट ल्याइएका एक जना बिरामी वृद्धलाई हेलिकप्टर चार्टर गरेर परिवारका सदस्यले गाउँ नै फर्काएका छन् ।

खोटाङको दिक्तेल–रुपकोट–मझुवागढी नगरपालिका–६ का ८१ वर्षीय बृद्ध डिगबहादुर राईको उपचार गर्न विराटनगरका करिब आधा दर्जन बढी अस्पतालले अस्वीकार गरेको परिवारले जनाएका छन् ।


उच्च रक्तचापको पुरानो समस्या रहेका बृद्धलाई भदौ २० गते उपचारका लागि विराटनगर ल्याइएको थियो । यहाँका विभिन्न अस्पताल डुलाए पनि उपचार गर्न नमानेपछि स्वास्थ्य अवस्था गम्भीर बन्दै गएका कारण ४ दिनपछि अन्तिम अवस्थामा बुधबारसाँझ फर्काएर गाउँ नै लागेको परिवारजनले जनाएका छन् । ।
स्वास्थ्यमा एक्कासि समस्या भएर बेहोस बनेसँगै दिक्तेलबाट चिकित्सकले रेफर गरिदिएपछि वृद्धलाई भतिज धनकुमार राई र श्रीमती शुभकुमारी राईले एम्बुलेन्समा राखेर विराटनगर ल्याएका थिए ।

उनलाई राति १२ बजेतिर सुरुमा मोरङ सहकारी अस्पताल लगिएको थियो । कोरोनाको महामारी पनि रहेको र टाउकाको सिटी स्क्यान गरेर भेन्टिलेटरको सहायतामा आईसीयूमा राखेर उपचार गर्नु पर्नेभन्दै अस्पतालले वृद्ध हजुरबुवाको उपचार गर्नबाट पन्छिएको हुनसक्ने विरामी नाती विके चाम्लिङ राईले बताउनुभयो ।

नाती विकेका अनुसार विराट नर्सिङ होम एवं विराटनगर अस्पतालले चार हजार सात सय रुपैयाँ लिएर सिटी स्क्यान गरे पनि वृद्धको उपचार गर्न अस्वीकार गरेको विकेले बताउनुभयो ।

‘सुरुमा अस्पतालको गेटबाटैभित्र पस्न दिइएको थिएन । उच्च रक्तचापको समस्या भएको बिरामी भनेपछि लगेर सिटी स्क्यान चैं गरिदिए,’ उहाँले भन्नुभयो, ‘त्यसपछि टाउकामा रगत जमेको छभन्दै भर्ना लिन अस्वीकार गरियो । उपचार थाल्नु पर्ने बिरामीलाई कोरोना कहरसँगै आईसीयू र भेन्टिलेटर खाली नभएको भनेर निकालेर पठाइदिए ।’

त्यसपछि पु¥याइएको गोल्डेन अस्पतालले पनि बिरामी हेरेर ठेगाना सोध्ने वित्तिकै भर्ना लिन सक्दैनौं भनेर फर्काइदिएको विकेको गुनासो छ । त्यहाँबाट लगिएको ग्रीनक्रस अस्पतालले पीसीआर परीक्षण रिपोर्ट माग्दै कोरोनाको महामारीमा रिपोर्ट नभएका कारण भर्ना लिन नसकिने जवाफ दिएको विरामीका आफन्तको गुनासो छ ।

त्यसपछि पुन विरामीका आफन्तले बिहान २ बजेतिर सप्तकोसी नर्सिङ होम पु¥याइए पनि वृद्धको उपचारका लागि अस्पतालको गेट खुलेन । ‘हामीले धेरै आग्रह गर्दा पनि बिरामी भर्ना लिन सक्दैनौँभन्दै बन्द रहेको गेट खुलाउन मानेनन्,’विरामीसँगै पुगेका छिमेकीको भनाई छ, ‘त्यसपछि बिहान ३ः३० बजेतिर म्याक्स अस्पताल पु¥याइयो ।’ म्याक्सले पनि कोरोनाको बहाना बनाउँदै आईसीयू र भेन्टिलेटर खाली नभएको भनेर फिर्ता पठाइदिएको छिमेकीले बताए ।

धेरै अस्पताल डुलाउँदा पनि उपचार गर्न नमानेपछि विराटनगर महानगरपालिका–११ स्थित पिचरामा नाती विके चाम्लिङले घरमा विहान ४ बजे लगेर गम्भीर अवस्थाका वृद्धलाई फर्काए । घरमा विके चाम्लिङको छोरी पनि स्वास्थ्य कर्मी नै भएका कारण सामान्य स्लेनपानी चढाएर राखियो ।

‘उपचार गराउन पाइन्छ कि भन्ने आश थियो । तर कुनै अस्पतालले भर्ना लिन मानेनन्,’ विरामी की श्रीमती शुभकुमारी राईले दुखेसो पोख्नुभयो , ‘स्वास्थ्य अवस्था खराब बन्दै गएकाले अब घर नै लागेको परिवार जनको भनाई छ ।

बेहोस बनेर ल्याइए पनि हजुरबुवालाई अचेत र झन् गम्भीर अवस्थामा फर्काएर गाउँ लैजानु परेको छ ।’ परिवारजनले गुनासो गरे, उपचार गर्न पु¥याइएका अस्पतालले एकले अर्कोलाई देखाउने र आफू पन्छिने गरेको परिवारजनको भनाई छ ।

 

अन्तत परिवारले तीन लाख २२ हजार सात सय रुपैयाँमा मनाङ एयरको हेलिकप्टर चार्टर गरेर गाउँ फर्काइएका छन् । ‘बेहोस भएर ढलेपछि हजुरबुवाको होस खुलेको छैन । सास भएकाले आश मारेका थिएनौं,’ विकेले भन्नुभयो , ‘मरे पनि आफ्नै घरमा मर्नु हुन्छ भनेर परिवारको सल्लाह बमोजिम गाउँ लगिएको हो ।

 

विरामी अझै पनि बेहोस भएका यतिका दिनसम्म होस नखुलेका कारण खाने कुरा खुवाउन सकिएको छैन । अहिलेसम्म जीवितै भए पनि शरीरका धेरै अंगहरुले काम गर्ने छाडिसकेको ‘परिवारका सदस्यले बताए । विरामी वृद्ध अवकाश प्राप्त भारतीय सैनिक हुन् ।

विकेले कोरोनाको बहानामा उपचार नपाएर फर्काउनु पर्ने अवस्था आएका बिरामी लैजाने सवालमा हेलिकप्टरले पनि बद्मासी गरेको बताउनुभयो । ‘बुधबार बिहान १० बजे आउने भनेको हेलिकप्टर दिउँसो ४ बजे मात्रै आयो ।

त्यतिनजेल हजुरबुवालाई एम्बुलेन्सभित्रै राख्नु प¥यो,’ उहाले भन्नुभयो, ‘विराटनगरको शहीद रंगशालामा अवतरण गर्ने भनेकाले दिनभर एम्बुलेन्सभित्र हजुरबुवालाई त्यहाँ लगेर राखियो । अन्तिममा शहीद मैदान ल्याइँदैनभन्दै विराटनगर विमास्थलमा हेलिकप्टर अवतरण गराइयो ।’ उल्टै चालक दलका सदस्यले बिरामी नलगिकन फर्किने धम्की दिएपछि आफूहरु एम्बुलेन्समा बिरामी लिएर विमानस्थल पुग्न बाध्य भएको उहाँको भनाई छ ।

दिक्तेल–रुपकोट–मझुवागढी नगरपालिका–६ स्थित गाउँमा पनि घर छेउकै पेसी टोलमा विसाउने भनिएको हेलिकप्टर आधा घण्टा परको वरवोटेमा अवतरण गराइएको जानकारी विकेले दिनुभयो । ‘हेलिप्याड तयार गर्दै पेसी टोलीमा बिरामीलाई बोकेर घर लैजान सबै जम्मा भएका थिए ’ उनले भन्नुभयो, ‘तर आधा घण्टा परको वरवोटेमा अवतरण गराएपछि बिरामीलाई घर लैजान पनि निक्कै समस्या झेल्नु प¥यो ।’ बिरामीलाई गाउँ फर्काउने हेलिकप्टर झिकाउन मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पहल गरिदिएका थिए । ‘

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्