विश्व खाद्य कार्यक्रम यस वर्षको नोबेल शान्ति पुरस्कारबाट सम्मानित

विश्व खाद्य कार्यक्रम यस वर्षको नोबेल शान्ति पुरस्कारबाट सम्मानित

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा शुक्रबार गरिएको छ ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले विश्वभर द्वन्द्वग्रस्त क्षेत्रमा पुगी समस्यामा परेको समुदाय वा व्यक्तिको खाद्यान्न सङ्कट टार्न र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ गरेको महत्वपूर्ण भूमिकाका लागि यस वर्षको नोबेल शान्ति पुरस्कार डब्लुएफपीलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बताएको छ ।

विश्व खाद्य कार्यक्रमका अनुसार उसले प्रत्येक वर्ष विश्वभरि ९.७ करोड मानिसलाई सहायता पु¥याउने गरेको छ ।

समितिले भनेको छ, “डब्लुएफपीको भोकमरीसँग जुझ्ने प्रयास, द्वन्द्वरत क्षेत्रमा शान्ति स्थापनार्थ गरिएका काम अर्थात् भोकमरीलाई युद्ध र द्वन्द्व अन्त्यको अस्त्रको रूपमा प्रयोग गर्न गरिएको योगदानका लागि उक्त संस्थालाई पुरस्कृत गरिएको हो ।”

उक्त पुरस्कारको राशि १० लाख अमेरिकी डलर रहेको छ ।

गत वर्ष इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले नोबेल शान्ति पुरस्कार पाउनुभएको थियो । यसअघि चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यका विजेताको नाम घोषणा भइसकेको छ ।

पुरस्कृत भएपछि डब्लुएफपीको ट्वीटरमा लेखिएको छ, “यो विश्वका लागि एक शक्तिशाली स्मरण हो कि शान्ति र भोकमरीको अन्त्य सँगसँगै हुनसक्छ ।”

पुरस्कार घोषणापछि नियमित प्रेस वार्तालापमा जेनेभास्थित संयुक्त राष्ट्र संघको पोडियमबाट प्रवक्ता टोमसन फिरीले उक्त जीतलाई संयुक्त राष्ट्र संघको लागि थप जिम्मेवार र गौरवपूर्ण बनाउने थप जिम्मेवारी थपिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “डब्ल्यूएफपी गतिविधिका एक सुन्दरता भनेको आज र भोलिको लागि खाना मात्र उपलब्ध गराउनु नभएर मानिसहरूलाई ज्ञानसहित भविष्यलाई धान्नको लागि सुसज्जित पनि गर्नु हो ।”

जेनेभामा भर्खरै डब्ल्यूएफपीका प्रवक्ता बनेका र दक्षिण सुडानमा हालसालै नौ वर्षसम्म संगठनको लागि काम गरिसकेका फिरीले भन्नुभयो, “थप हजारौ किलोमिटर यात्रा गर्न विश्वभरि कति मानिसहरू समर्पित छन् डब्लुएफपी र यसको नेतृत्वले स्पस्ट बुझेको कुरा हो ।” आगामी दिनमा डब्लुएफपीले थप जिम्मेवार बन्दै विश्व शान्तिका लागि काम गर्ने उहाँको भनाइ थियो ।

“हामीले दक्षिण सुडान, सिरिया, यमन र अफगानिस्तान जस्ता देशहरूमा के भइरहेको छ देख्यौं, त्यो हो जहाँ द्वन्द्व छ, सहायता अनियमित हुन्छ,” उहाँले भन्नुभयो । यद्यपि काम गर्ने शिलशिलामा हुने ढिलाई असहज परिस्थितिका कारण भएको भन्ने वास्तविकतालाई सबैले बुझ्नु जरूरी भएकोप्रति उहाँले जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्