मोरङ च्याम्पियन सम्राट स्पोर्टिङ् क्लबको शान्दार जित

<span class='c1'>मोरङ च्याम्पियन सम्राट स्पोर्टिङ्</span> <span class='c2'>क्लबको शान्दार जित</span>

विराटनगर । कोशी प्रदेश प्रतियोगिता लिग फुटबल अन्तर्गत धरान रंगशालामा भएको खेलमा मोरङ जिल्ला ए डिभिजन लिग च्याम्पियन सम्राट स्पोर्टिङ क्लब विराटनगरले भोजपुर लिग विजेता लैबरी फुटबल क्लबलाई ५-१ गोलले पराजित गरेको छ।

मोरङ जिल्ला ए डिभिजन लिगमा अपराजित रहँदै च्याम्पियन बनेको सम्राटले आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्दै भोजपुरको टोलीलाई सहजै पराजित गर्न सफल भयो। विजेता टोलीका लागि हरि नारायण खवासले ह्याट्रिक पूरा गरे भने डेभिड मगर र पुजन बिकले एक-एक गोल थपे। पराजित टोली लैबरीका लागि एक मात्र गोल शुशान्त तामाङले गरे।

उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेका सम्राटका हरिनारायण खवास खेलको म्यान अफ द म्याच घोषित भए। आज सम्राटले गाईघाट फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्