विराटनगरमा २१४ जनासहित प्रदेश १ मा ६३७ कोरोना संक्रमित थपिए

विराटनगरमा २१४ जनासहित प्रदेश १ मा ६३७ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बिहीबार ६३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ७४ महिला र १४० पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २२, उर्लाबारी, कानेपोखरी र बेलबारीमा ९–९, मोरंगको रंगेली र बुढीगंगामा ७–७, पथरीशनिश्चरे र लेटाङमा ५–५, रतुवामाईमा ४, जहदा र कटहरीमा ३–३, धनपालथान र ग्रामथानमा १– १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा १०३, इटहरीमा ३९, इनरुवामा १६, बराहक्षेत्रमा ७, रामधुनीमा ५, बर्जु र दुहवीमा ३–३ , भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा ३४, विताृमोडमा २०, मेचीनगरमा १८, भद्रपुरमा ११, अर्जुनधारामा ९, बा¥हदशीमा ६, गौरीगञ्जमा ३, कनकाईमा २, कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको त्रियुगामा ७, कटारीमा ५ र बेलकामा १, इलामको सुर्योदयमा ३, इलाम नगरपालिका र मांसेबुङमा २–२, चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ४, श्रीजंगा र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारी, मकालु र सिलिचोङमा १–१, खोटाङमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका १६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ८ पुगेको छ ।

प्रदेश १ मा आज ४१८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३९७, कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढीबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ६२५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९७ महिला र ४४० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५१ हजार ६०५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्