विराटनगरमा कोरोनाबाट बच्न सिकाउँदै स्काउट टोली

विराटनगरमा कोरोनाबाट बच्न सिकाउँदै स्काउट टोली

विराटनगर । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल स्काउटले सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरणको अभियानलाई तिव्र बनाएको छ ।

नेपाल स्काउटको केन्द्रको निर्देशन अनुसार महामारीको रूपमा फैलिएको कोभिड १९ बाट बच्न सचेतना मुलक अभियानसँगै स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सुरू गरेको हो ।

नेपाल स्काउटले विराटनगरमा कार्तिक २ गतेदेखि अभियान सुरू गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा सामुदाय स्तरमा तिव्र रूपमा संक्रमण फैलिएको सहरमा अहिले स्काउटले स्वास्थ्य सचेतना अभियान सँगै कोभिडबाट बच्न स्वास्थ्य सामाग्रीहरू सर्वसाधरणलाई बितरण गर्दै आएको छ । विराटनगरको एक दर्जन ठाउँमा छुट्टा–छुट्टै स्थानमा सचेतना मुलक कार्यक्रमसँगै स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

स्काउटले विराटनगरको पुष्पलालचौक, तीनपैनी चौक, हाटखोला, चाँदनी चौक, जुटिमल चौक, डिएसपी चौक, ट्राफिक चौकलगायतको क्षेत्रमा सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
हालसम्म विराटनगर महानगरपालिका भित्र ३० हजार भन्दा बढी निःशुल्क मास्क वितरण गरिएको नेपाल स्काउटले जनाएको छ ।
स्काउटले सर्वसाधरणहरूलाई मास्क वितरण सँगै सहि तरिकाले लगाउन सिकाउनुको साथै लगाएको मास्कको डिस्पोज गराउने तरिका पनि सिकाउँदै आएको छ ।
नेपाल स्काउटले अहिले दशभरी सचेतना मुलक अभियान सँगै कोभिडबाट बच्न स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्