हिजो मात्र रिवन काटेका प्रदेश १ सरकारका प्रवक्ता मन्त्री कार्कीमा पनि कोरोना संक्रमण

हिजो मात्र रिवन काटेका प्रदेश १ सरकारका प्रवक्ता मन्त्री कार्कीमा पनि कोरोना संक्रमण

विराटनगर । आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश १ सरकारका प्रवक्ता हिम्कमतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

निकट सम्पर्कमा रहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री कार्कीले बिहीबार पिसिआर परीक्षण गराउनुभएको थियो । प्रयोगशालाको परीक्षणबाट शुक्रबार उहाँमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री कार्कीले फेसबुक स्टाटस लेख्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएको र अहिलेसम्म अवस्था सामान्य रहेको उल्लेख गर्नुभएको छ ।

मन्त्री कार्कीको फेसबुक स्टाटस

असोज २९ गतेको पिसिआर रिपोर्ट नेगेटिभ आएको भन्दै उहाँले केही दिनदेखि सामान्य रुघाखोकीको असर देखापरेपछि एकान्तबास बसेको र परीक्षण गर्दा संक्रमण पुष्टि भएको उहाँले लेख्नुभएको छ । उहाँले आफुसँग सम्पर्क आएका सबैलाई सजग रहन पनि आग्रह गर्नुभएको छ । मन्त्री कार्कीले हिजो मात्र विराटनगरको एक पिसिआर ल्यावको उद्घाटन गर्न जानुभएको थियो । काठमान्डौ जानुभन्दा अगाडी विराटनगरको न्यूरो कोभिडमा पिसिआर चेक गर्दा आज कोरोना पोजेटिभ देखिएको मन्त्रालयका एक कर्मचारीले आवर विराटनगरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्