विराटनगरको नोबेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगरको नोबेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगर नोबेल अस्पतालको आईसोलेसनमा भर्ना भएका २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिला र गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि ४ कात्तिकमा कलेजमा भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । महिलाको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको हो । सुनसरीका ३८ वर्षीय युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक युवक ४ कात्तिकमा नोबेलमा भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्