कोरोना माहामारीको बेला भारतले आजदेखि जोगवनी नाका खोलेसँगै नेपाल तर्फ थप चुनौती

कोरोना माहामारीको बेला भारतले आजदेखि जोगवनी नाका खोलेसँगै नेपाल तर्फ थप चुनौती

विराटनगर । भारतले कोरोना माहामारीको बिच जोगवनी नाका खोलिदिएको छ । तर नेपाल तर्फको नाका भने शिल छ ।  कोरोना महामारी नियन्त्रणका लागि भन्दै बन्द गरिएका सीमा नाकाहरू भारतले सिमा नाकाहरु आजदेखि खुलाएसँगै नेपालमा थप चुनौती थपिएको छ ।

भारतको गृहमन्त्रालयले अन्तराष्ट्रिय सीमानाका खुला गर्न औपचारिक रुपमा निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेहरुको भिडलाई रोक्न सीमामा खटिएका सुरक्षाकर्मीहरुलाई समस्या हुने देखिएको छ ।

 


भारतले सीमा नाका खुला गरेपनि नेपालतर्फ भने कार्तिक ३० गते सम्म बन्द रहने मन्त्री परिषदको निर्णय छ ।
मोरङका प्रमुख जिल्लाअधिकारी कोषहरी निरौलाले सरकारले नै नाका नखोल्ने भनेपछि एकतर्फी भारतले खुलाएपनि नेपाल तर्फको लगाइएको शिल अहिले नखोल्ने बताउनभुयो ।
भारतबाट नेपाल तर्फ आउने नेपालीहरु भने आवातजावत समस्या नहोस भनेर प्रक्रिया पुरा गरेर आउनेहरुका लागी सिधै होल्डिङ एरीयामा राखेपछि मात्र घर जान पाउने निरौलाले बताउनुभयो ।
भारततर्फ सीमा नाका खुला भएपनि नेपालतर्फ अझै नाका बन्द नै रहेकोले यसलाई अझ व्यवस्थित बनाउनका लागि सुरक्षाकर्मीहरु कडा बनाइएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले बताउनुभयो ।
भारतले सिमा नाका खुलेसँगै भारतबाट मान्छे आउनेहरुको भिड बढ्न सक्ने अर्को चुनौती थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्