दशैंँ आयो, रौनक आएन

दशैंँ आयो, रौनक आएन

घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन् । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चङ्गाले दशैंँको स्वागत गरिरहेका छन् । शरद ऋतुको यस मौसमले दशैंँलाई स्वागत गरे पनि आमनागरिकलेल मनैदेखि दशैं भित्र्याउन सकिरहेका छैनन् ।
विगत वर्षमा लिंगे र रोटे पिङको मच्चाइ, मेला, जात्रा र शक्तिपीठमा हुने भीडले दशैंँ स्वागत गरिरहेको हुुन्थ्यो । लामो समय बेखबर बनेकाहरु घर फर्किन्थे । वर्ष दिनसम्म नभेटिएकाहरु भेटिन्थे । बसाइँ सरेर गएकाहरु दशैंँको मौका पारेर गाउँ फर्किन्थे, एकार्कामा खुशी साटासाट गर्थे । पर्यटकीयस्थल भरिभराउ हुन्थे । बजारका पसलमा किनमेल गर्नेको भीड हुन्थ्यो । दशैंँमा एकार्काको घरमा जाने, मिष्ठान्न परिकार खाने चलन हुन्थ्यो । यस वर्ष त्यस्तो केही छैन । ‘अरु वर्ष दशैँ' खुुब रमाइलो हुुन्थ्यो । यस वर्ष त कोरोनाका कारण जताततै सुनसान छ । क्यालेण्डरमा बाहेक दशैंँ कतै आएको जस्तो देखिएन । मनमा रोगको डर भएपछि जति रमाउन खोजे पनि सकिँदो रहेन छ’, सिद्धिचरण नगरपालिकाकी पार्वती श्रेष्ठले भन्नुुभयो ।
कोरोनाको संक्रमण बढ्दो छ । एकातिर कोरोनाको त्रास, अर्कातिर रित्तो गोजी । यही कारण घर बाहिर भएकाहरु फर्किन सकेका छैनन् । विगत वर्षमा जो जहाँभए पनि दशँैंमा घर आउने चलन हुुन्थ्यो, यस वर्ष ठीक उल्टो अवस्था छ । जो जहाँ छन् त्यहिँ बसेर जसो तसो दशैं मनाउने तयारीमा छन् । घरमा वृद्ध बुुबाआमा हुनेहरु आशीर्वाद लिन जाने रहर हुँदाहुँदै पनि कोरोनाको जोखिमले यस वर्ष घर फर्किएनन् ।
समुुदायस्तरमै संक्रमण फैलिएकाले जमघट र भेटघाट प्रायः बन्द छन् । शहरबाट गाउँ आएकाहरु होम क्वारेन्टाइनमा बसेका छन् । सरकारले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । स्थानीय तह र प्रशासनले जिल्लाजिल्लामा विशेष सुरक्षा योजना लागु गरेका छन् । सुनकोशी गाउँपालिकासहितका स्थानीय तहले दशँैंमा पिङ खेल्न प्रतिबन्ध लगाएका छन् । कोरोना फैलिने डरले जमघट हुने सबै क्रियाकलापमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारी बताउनुहुन्छ । बाहिरबाट गाउँआएकाहरु र गाउँमै हुनेहरु भेटघाट हुने थलोका रुपमा पिङ, मेला, खेलकूद जस्ता कार्यक्रम हुने भएकाले त्यसलाई रोक लगाउनुपरेको स्थानीय सरकारका प्रमुखहरुको तर्क छ ।
ठूलाबडा, माइत, मामाघर वा ससुराली टीका थाप्न जानेहरु यस वर्ष नजाने योजनामा छन् । कोसेली लिएर आउने पाहुुनाले कोरोना ल्याउँछन् कि भन्ने त्रास छ । त्यसैले पाहुुना स्वागत गर्न नागरिक त्यति आतुर छैनन् ।
कोरोना संक्रमण रोक्न सरकारले चैतमै लकडाउन गरेपछि धेरैले रोजगारी गुमाए । दशैंँका लागि चैतवैशाखदेखि नै पैसा जम्मा गर्नेले यसपालि एक सुको कमाउन पाएनन् भने भएको पनि बचाउन सकेनन् ।
चैतमा लकडाउनसँगै रोजगारी गुमाएकाहरु अहिलेसम्म काममा फर्कन पाएका छैनन् । त्यसैले पोहोरपरारको जस्तो किनमेल गरेर र हर्षाेल्लासका साथ दशैंँ मनाउने अवस्था छैन । कोरोनाको त्रासका कारण मात्रै होइन, यस पटक पैसा नभएकाले पहिले जस्तो दशैँ हुने अवस्था छैन ।
विगतमा घरमा सिङ्गै खसी ढाल्नेहरु यस वर्ष धार्नीमा मासुु जोखेर ल्याउन बाध्य छन् । नयाँ लुुगा अनिवार्य मान्नेहरु पुुरानामै चित्त बुझाइरहेका छन् । मन खुशी भए धन नभए पनि ऋण काढेर दशैंँ मनाउन तम्सिने नेपालीहरु यस वर्ष दशैंँ जसरी आउँछ त्यसरी जान्छ भन्ने अवस्थामा पुगेका छन् ।
अहिले लकडाउन र निषेधाज्ञा हटे पनि व्यापार व्यवसाय चौपट छ । अघिल्लो वर्ष यतिखेर भ्याइनभ्याई हुने पसलेहरु यतिबेला फुर्सदमा छन्, पसल खालीखाली छन् । पसल खाली भएसँगै काठमाडौंँमा व्यवसाय गर्दै आउनभुएका ओखलढुंगाका सन्तोष बस्नेतको मन पनि रित्तो छ । ‘व्यापार व्यवसाय सोचेजस्तोे छैन । दशैंँ लागेको जस्तो त होइन सामान्य अवस्थाको जत्तिको पनि रौनक भएन’, उहाँ भन्नुहुुन्छ, ‘अहिलेको समयमा भीडभाड गरेर चाडपर्व मनाउनु निकै जोखिम छ । यस वर्ष स्वस्थ रहन सकियो भने अर्को दशैंँमा रमाइलो गर्नुुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्