आस्थामाथि कोरोनाको प्रहार: विराटनगरको काली मन्दिरमा बाहिरबाटै पुजा

आस्थामाथि कोरोनाको प्रहार: विराटनगरको काली मन्दिरमा बाहिरबाटै पुजा

प्रेम देवान
विराटनगर । विराटनगर ७ की ५६ बर्षिया संजुदेवी साह अष्टमीको दिन शनिबार विहान मेनरोड विराटनगरमा रहेका काली मन्दिर अगाडी भुई मै बसेर दुर्गा भगवानको पुजा पाठ गर्दै थिईन् । उनी आफ्नी १७ बर्षिया छोरी नन्दनी साहसँग आएकी थिईन तर मन्दिरको प्रवेश द्वारमा ताला लगाएका कारण मन्दिर बाहिरबाटै पुजा गर्न वाध्य भईन् । उनले बाहिरबाट पुजा गर्नुपर्ने त्यो कुनै रहर भने थिएन । अहिले विश्वभरी नै माहामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले निम्ताएको रोगका कारण उच्च जोखिम तथा न्यूनिकरणको लागी मोरङ प्रशासनले मन्दिरमा लगाएको तालाले गर्दा संजुदेवी जस्तै अन्य विराटनगरका श्रद्धालुभक्तजनहरु मन्दिर बाहिर रोडबाटै भगवानको पुजा गर्न वाध्य भएका देखिन्थे ।
संजुदेवी जस्तै विराटनगर विराटनगर ९ की ४५ बर्षिया सरिता राय पनि मन्दिर अगाडी रोडको थोरै भाग पानीले सफा गरेर पुजाका सामाग्री राखेर दुर्गा भगवानको मन्दिर बाहिरबाटै पुजा गरिरहेकी देखिन्थिन् ।
अरुबेला मन्दिर परिसरमा विहान बेलुका नै चहलपहल देखिने विराटनगरको कालि मन्दिर पहिलो पटक सुनसान नै बन्यो । श्रद्धालुभक्तजनहरु प्रत्यक्ष श्ररुपमा भगवानको दर्शन गर्न नपाउदा दुखेसो पोखिरहेका पनि थिए । जिल्ला प्रशासन कार्यालय मोरङले मन्दिर व्याव्यस्थपन समितिलाई सुचना जारी गर्दै मन्दिरमा भीडभाड तथा श्रद्धालुभक्तजनहरुलाई मन्दिर प्रवेशमा रोक लगाएको थियो । मन्दिर व्यावस्थापन समितिले एक साता अघि नै मन्दिर परिसर बाहिर सुचना जारी गर्दै यसपटक कोरोना कहरका कारण मन्दिर खोल्न असमर्थ जनाउदै आएको थियो ।
मन्दिर स्थपना भएयताको पहिलो पटक यसरी श्रद्धालु भक्तजनको लागी मन्दिरमा पुजा गर्नबाट रोक्न वाध्य भएको मन्दिर व्यावस्थापन समितिले जनाएको छ । कोरोना कहरले गर्दा अहिले विराटनगरका विभिन्न मठ मन्दिरमा मानिसहरु भेला भई पुजापाठ तथा नाचगान गर्न रोक लगाएको छ । पछिल्लो पटक विराटनगरमा कोरोना भाइरस कोभिड १९ को संक्रमित बढ्दै गएका कारण प्रशासनले बजारमा भीडभाड नगर्न भनिएता पनि आमसर्वसाधरणले त्यसको वेवस्था गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्