मेचीनगरका मेयर कोरोना उपचारका लागि भारत

मेचीनगरका मेयर कोरोना उपचारका लागि भारत

झापा जिल्लाकाे मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि मंगलबार भारतको सिलिगुढी लगिएको छ । कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उहाँ केही दिन होम आइसोलशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो ।
मधुमेहका बिरामी उहाँलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि मंगलबार साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्