विकल्पको छाेटाे चलचित्र अन्तराष्ट्रिय अवार्डका लागि मनोनित 

विकल्पको छाेटाे चलचित्र अन्तराष्ट्रिय अवार्डका लागि मनोनित 

विकल्प एन अल्टरनेटिभ को Motorbike License नामक छाेटाे चलचित्र Light Camera Liberty Film Festival Award 2020 अन्तर्राष्ट्रिय प्रतियोगिताको नेपालबाट छनौटमा पर्न सफल भएको छ । छनौटमा पाँच वटा भिडियोलाई फाइनालिस्टको रूपमा राखिएको छ । नेपालबाट विकल्पको मोटरसाइकल लाइसेन्स भिडियो बाहेक Center for Anti-Authoritarian Studies (Serbia) को Right to Work नामको भिडियो,  Free the People (America) को  How to Love Your Enemy नामको भिडियो, त्यसैगरी Libertad y Progreso (Argentina) को  Fables for Liberty र Pacific Legal Foundation (America) को Seize This House नामक ५ वटा भिडियोहरू एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

उक्त भिडियोको विजेताको छनौट ५० % अडियन्स भोट बाट तय गरिने छ भने, ५० प्रतिशत भिडियोको कथाको सार, प्रभाव, गुणस्तर र प्रस्तुतिको आधारमा निर्धारण गरिने छ । विजेताले १०,००० अमेरिकी डलर पाउने छन् भने भोट गर्ने अन्तिम मिति कार्तिक २५ गते, सोमबार ९ बजेर ४४ मिनेट सम्म खुल्ला रहने छ   भोट गर्नको निम्ति तपाइले यो लिङ्कको प्रयोग गर्न सकिन्छ । https://forms.gle/qgTJq6VdF8PaLcxM6

विकल्पको मोटरसाइकल लाइसेन्सको भिडियोले मोटरसाइकलको लाइसेन्स लिन सर्वसाधारण लाइ कति सास्ती छ र यसले आम मानिसहरूको जीविकोपार्जनमा कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरा दर्साएको छ  । छनौट परेको भिडियोको याे लिकंबाट हेर्न सकिन्छ : https://www.youtube.com/watch?v=QR78IOLGV08&t=2s  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्